Nepali News

‘एल क्लासिको’ अगाडि रामोसले गरे मेस्सीको तारिफ

एजेन्सी, १७ फागुन । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले बार्सिलोनाका कप्तान लियोनल मेस्सीको तारिफ गरेका छन् ।

नजिकिँदै गरेको एल क्लासिको अगाडि रामोसले मेस्सीको तारिफ गरेका हुन् ।

१ मार्च अर्थात् आइतबार सिजनको दोस्रो एल क्लासिको हुँदैछ ।

यसपटक भने बार्सिलोना र रियलले सान्टियागो बर्नाबेउमा खेल्नेछन् ।

यसअघि क्याप नोउमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

उक्त खेलअगाडि रियलका कप्तान रामोसले अर्जेन्टिनी स्टार मेस्सीको प्रशंसा गरेका हुन् ।

उनले ‘ला लिगा’सँग बोल्दै भने, ‘म मेस्सीलाई धेरै सम्मान गर्छु । मेरो विचारमा उनी फुटबल इतिहासका एक महान खेलाडी हुन् ।’

यसैगरी उनले एल क्लासिकोमा मेस्सी दिन राम्रो नरहने बताए ।

उनले भने, ‘म आशा गर्छु कि आइतबार (एल क्लासिको)मा उनको दिन नराम्रो होस् । यसको मतलब हामीले हाम्रो जागिर पनि गर्नुपर्छ । उनीहरूको तुलनामा हाम्रो नतिजा राम्रो होस् ।’

‘तथापि, म उनलाई शुभकामना दिन चाहन्छु, एक प्रतिद्वन्द्वीको रूपमा,’ उनले थपे, ‘मलाई लाग्छ मेस्सी विश्वका उत्कृष्टमध्ये एक हुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close