Nepali News

निर्माणाधीन मन्दिरको छत खसेर पाँचथरमा २ मजदुरको मृत्यु – Nepali News

६ साउन, विराटनगर। पाँचथरको हिलिहाङ गाँउपालिकामा निर्माणाधीन  मन्दिरको छत खस्दा दुई मजदुरको ज्यान गएको छ ।

यलम्बर पार्कभित्र निर्माण भइरहेको मन्दिरको छतको सटिङ खोल्ने क्रममा छत झर्दा सोही स्थानका ५० वर्षीय जगत राई र ५१ वर्षीय रूद्र राईको  सोमबार बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, दुवै जना पार्क निर्माण कार्यमा संलग्न मजदुर हुन् ।

मृतकको शव शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

पार्क हिलिहाङ गाउँपालिकाले बनाउन लागेको हो । यसको निर्माण कार्य भइरहेको छ ।

Leave a Reply

Back to top button
Close