Nepali News

पथरीबाट १८ जना फरार प्रतिवादी पक्राउ

मोरङ, २९ पुस । ईलाका प्रहरी कार्यालय पथरीले पुस महिनामा १८ जना फरार प्रतिवादीहरु पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ ।

विभिन्न मुद्दामा अदालतमा दोषी ठहर भई कैद तथा जरिवानाको फैसला भएपनि फैसला भुक्तानी नगरेका १८ जनालाई पक्राउ गरी अदालतमा बुझाएको हो ।

जिल्ला अदालत मोरङबाट बहु–बिबाह, सवारी ज्यान, चोरी, लागुऔषध तथा जबरजस्ती करणी मुद्धामा कैद तथा जरीवाना फैसला भई फरार रहेका १८ जना प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close