Nepali News

पुलिस र मनाङबीचको उपाधि भिडन्त (प्रत्यक्ष प्रसारणसहित)

धरान, १७ फागुन । धरानमा जारी २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि भिडन्तमा अहिले विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले खेल्दैछन् ।

धरान रंगशालामा जारी खेलमा दुवै टोली मोफसलको सर्वाधिक चर्चित गोल्डकपको उपाधि हाफ्नो बनाउने दाउमा हुनेछन् । ११ पटक फाइनल प्रवेश गरेको नेपाल पुलिस क्लब छैटौं पटक उपाधि जित्ने दाउमा छ ।

छैटौं पटक उपाधि नजिक पुगेको मनाङ पनि चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जित्ने मनोबलका साथ मैदान उत्रँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close