Nepali News

बच्चालाई पनि हुन्छ क्षयरोग, यस्ता लक्षण देखा परे अस्पताल लगौं

विराटनगर, १७ फागुन । क्षयरोग एक भाइरसको संक्रमणका कारण फोक्सोमा हुने एक प्रकारको सरुवा रोग हो ।

सरुवा रोग भएका कारण यदि कोही क्षयरोगको बिरामीको छेउछाउमा धेरै बेर बसेमा बच्चा होस् या वृद्ध जुनसुकै उमेरका मानिसलाई पनि संक्रमण सर्न सक्छ ।

बच्चाहरूमा क्षयरोगको समस्या पछिल्लो समय धेरै देखिन थालेको छ ।

संक्रमण बढ्दै जाने हुँदा अन्य उमेरमा हुने क्षयरोगभन्दा बच्चामा हुने क्षयरोग निकै जटिल हुन्छ ।

बच्चाहरूमा लामो समय लगातार खोकी लाग्नु, खकारमा रगत देखा पर्नु, ज्वोरो आउनु, काम्नु, खान मन नलाग्नु, तौल घट्नु वा उमेर अनुसार तौल नबढ्नु, श्वास फेर्न गाह्रो भए जस्तो हुनु, निमोनिया, मेनिन्जाइृटिस लगाएतका ब्याक्टेरियाले संक्रमण गर्नु जस्ता रोगका लक्षणहरू देखा पर्ने गर्छन् ।

बच्चाहरूमा यस्ता लक्षण देखा पर्ने बित्तिकै अस्पताल लगेर जाँच गराई हाल्नुपर्छ ।

केही समयअवधिको औषधि तथा पोषणयुक्त खानपानले रोग निको हुने गर्छ ।

बच्चाहरूलाई क्षयरोगबाट बचाउनका लागि जन्मने बितिकै वा केही दिनभित्रै क्षयरोगविरुद्धको बि.सी.जी खोप लगाउने, भिडभाड भएको ठाउँमा नलाने, क्षयरोग लागेका अन्य व्यक्तिबाट टाढा राख्ने, पोषिलो खाने, चिसोबाट बचाउने तथा समय समयमा बच्चाको स्वास्थ्य परीक्षण गराउने गर्नु पर्छ ।

साथै, बच्चा जन्माउनु अगाडि नै आमामा रोग भएमा बच्चामा सर्ने सम्भावना बढी हुने हुँदा आमा तथा घरमा सदस्यहरूले समेत क्षयरोगको जाँच गराउन आवश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close