Nepali News

बिरामीका लागि पौष्टिक च्याउको तरकारी बनाउने विधि

विराटनगर, १७ फागुन । च्याउले खानपानले लाग्ने विभिन्न रोगहरू लाग्न नदिन र शरीरको रोगप्रतिरोघत्मक क्षमता बढाउन मद्दत गर्छ ।

प्रशस्त मात्रामा विभिन्न पौष्टिक तत्व तथा भिटामिन डी पाइने च्याउलाई बिरामीहरूले पनि खान सकिन्छ ।

बिरामीहरूलाई के खुवाउने भनेर वाक्क भएपछि स्वाद तथा स्वास्थ्यका लागि के खाने के नखाने भनेर अलमलिइरहेको अवस्था पनि हुन्छ, भने कहिलेकाँही सब्जी नभएको बेलामा, घरमा आउने शाकाहारी पाहुनालाई के बनाएर खुवाउने भनेर घरपरिवारका व्यक्तिहरूलाई पनि समस्या उत्पन्न हुन्छ ।

यस्तो अवस्थामा च्याउको सब्जीले निकै मद्दत गर्न सक्छ ।

यसरी आफ्नै भान्सामा सजिलो र छिटो तरिकाले च्याउको तरकारी बनाउनु होस् ।

च्याउको तरकारी बनाउन चाहिने सामग्रीः आधा कप मटर, ठिक्कको साइजमा काटेर राखेको च्याउ, प्याज, टमाटरको पेस्ट, जीरा, बेसर, मसला, हरियो धनियाँ, नुन स्वादअनुसार, तेल, लसुनअदुवाको पेस्ट

च्याउको तरकरी बनाउने विधि : एउटा कुकरमा थोरै तेल तताउने, तताएको तेलमा जीरा पड्काएर प्याज, हरियो धनियाँ, मटर र लसुनअदूवाको पेस्टलाई फ्राई गर्नुपर्छ ।

त्यसमा च्याउ, बेसर, र नुन हालेर २ देखि ५ मिनेटसम्म फ्राई गर्नु पर्छ ।

त्यसपछि, पिसेर राखेको टमाटर र थोरै मसला राखेर मज्जाले भुट्ने र अलिकति पानी राखेर ३ देखि ४ सिट्टी दिनुपर्छ ।

अलिकति धेरै पानी राखेर सुप जस्तै सेवन गर्न पनि सकिन्छ ।

बिरामीको लागि पकाइएको हुँदा तेल, मसला कम हाली खुर्सानीको प्रयोग गरिँदैन ।

थप स्वादका लागि मसला र खुर्सानीको प्रयोग गरी निकै कम मात्रामा पानी हाल्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close