Nepali News

मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु

विराटनगर, १७ फागुन । मोरङ जिल्लाका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो पौने ३ बजेको समयमा मोरङको उर्लाबारी नगरपालिका–८ मा रहेको जरुवा खोलामा खरेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर स्थानीय २१ वर्षीय अर्जुन नेपालीको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका नेपालीको उपचारको क्रममा गोदावरी अस्पताल उर्लाबारीमा साँढे ३ बजे मृत्य भएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी मोरङकै सुनवर्षी नगरपालिका–७ बरडंगाका ३५ वर्षीय सन्तोष मुखियाको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साढे ३ बजे आफ्नै घरमा रहेको पानी तान्ने मोटरबाट पानी तानेर नुहाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका मुखियाको उपचारको क्रममा टाइम्स अस्पतालमा अपरान्ह साँढे ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close