Nepali News

यसरी बनाउनुहोस् माघे संक्रान्तिको लागि भुजा र तिलको लड्डु

विराटनगर, २९ पुस । माघे सक्रान्ति हिन्दू धर्मालम्वीको महत्त्वपूर्ण पर्वमध्ये एक हो । माघे सक्रान्तिका दिन स्नान गरी आगो तापेर वर्षभरिको पाप पखालिन्छ भन्ने समुदायअनुसार विभिन्न परिकार बनाए खाने प्रचलन छ । तीमध्ये भुजाको लड्डु र तिलको लड्डु बनाउने तरिका यस्तो छ ।

भुजाको लड्डु बनाउन चाहिने आवश्यक सामग्री : आवश्यकअनुसारको भुजा र त्यसको ठ्याक्क दोब्बर मात्रामा सखर

पकाउने विधि : सबैभन्दा पहिला भुजालाई तातो भाडामा राखेर केही समय चलाउने र निकाल्ने । त्यसपछि, त्यही तातो भाडोमा डल्ला परेको सखरलाई आगो सानो पारेर केहीबेर पकाएर पगाल्नु पर्छ । राम्रोसँग पाकेको सखरमा भुजा राखेर केही समय चलाएर निकाल्ने र केहीबेरका लागि राख्नुपर्छ । भुजा र सखर तातै भएको अवस्थामा हातमा पानी राखेर मिसाएको भुजा र सखरलाई गोलो आकार अनुसारको डल्ला बनाउने र भुजाको लड्डु तयार हुन्छ । चिसो भएको खण्डमा भुजा टाँसिदैन । यसै विधि अपनाएर चिउराको लड्डु पनि बनाउन सकिन्छ ।

तिलको लड्डु बनउने आवश्यक सामग्री : आवश्यकअनुसार तिल, त्यहि मात्रामा सखर र एक चम्चा तिल

पकाउने विधि : सबैभन्दा पहिला तातो भाँडामा तिल राखेर रातो हुँदासम्म भुट्ने र निकालेर अलगै राख्ने । त्यही तातोको भाडामा १ चम्चा घिउ राखेर सखरलाई पकाउने र पगाल्ने । पाकेको सखरमा भुटेको तिल राखेर चलाउने र केही बेरमा मिक्स भएको गुड र तिललाई सानो सानो गोलो आकारमा डल्ला बनाएमा तिलको लड्डु तयार हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close