Nepali News

साताको शेयर : साढे १८ अर्बको कारोबार

काठमाडौं, १७ फागुन । उकालो यात्रामा रहेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास बनाएको छ ।

साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १८० कम्पनीका ४ करोड ४९ लाख ४४ हजार ११३ कित्ता शेयर कूल ८ अर्ब ६२ करोड ६६ लाख २२ हजार ४ सय ७ रुपैयाँमा खरिद बिक्री भए ।

साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि देखियो । आइतबार नेप्से झण्डै ७० अङ्कले बढ्यो ।

‘बुलिस टे«न्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो ।

लामो समयपछि बजारमा आइतबार ‘सर्किट ब्रेक’समेत लगाउनुप¥यो ।

लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाब पर्न गयो ।

सोही कारण कारोबार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनुपरेको थियो ।

सो दिन कूल १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर रु तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए ।

साताको दोस्रो दिन नेप्सेमा सामान्य गिरावट आयो । सोमबार नेप्से १.९६ ले घट्यो । नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने ३ अर्ब माथि रह्यो ।

साताको अन्तिम दिन नेप्से ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे ४ अर्ब पुग्यो ।

बिहीबार कूल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता शेयर ४ अर्ब ४६ करोड पाँच लाख ३६ हजार २ सय ५१ रुपैयाँमा खरिद बिक्री भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close